पोखरा महानगर पार्किङ निषेधबाट पछि हट्यो
पाेखरा | माघ २२, २०७९
पोखरा: पोखरा महानगरपालिकाले गत हप्ताको सोमबार निकालेको पार्किङ निषेधको सूचनाबाट पछि हटेको छ ।
महानगरपालिकाले भोलिदेखि पोखराको पृथ्वीचोक, सभागृहचोक, न्युरोड, बीपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारका सडकमा पार्किङ गर्न नपाइने निर्णयबाट पछि हट्दै अर्को व्यवस्था नभएसम्म लागि पूर्ववत अनुसार नै पार्किङ क्षेत्र कायम रहेको उल्लेख गरेको छ ।
महानगरले जारी गरिएको सूचनामा भनिएको छ, ‘भोलि देखि पोखराको विभिन्न क्षेत्रमा खाली गर्ने भनिएको पार्किङ क्षेत्रको विषयमा पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफल पश्चात् लागु गर्न सुझाव प्राप्त भएको छ ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

